नव प्रवेशी चर्च ब्वाइज पहिलो सिजन मै ‘ए’ डिभिजन च्याम्पियन

काठमाडाैं | जेठ २४, २०८०

नव प्रवेशी चर्च ब्वाइज पहिलो सिजन मै ‘ए’ डिभिजन च्याम्पियन

काठमाडौं:  नव प्रवेशी चर्च ब्वाइज पहिलो सिजन नै सहिद स्मारक  ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको छ । 

 

मंगलबार २५औं चरणमा थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज एक खेल बाँकी छँदै लिगको च्याम्पियन बन्न सफल भएको हो ।

 

विस।स २०६६ मा राष्ट्रिय खेलकुद परिषद (राखेप) मा दर्ता भएर चर्च ब्वाइजले आधिकारिक रुपमा फुटबल यात्रा सुरु गरेको थियो । त्यसपछि  ‘सी’ डिभिजन छनोट खेलेको चर्च ब्वाइज २०१८–१९ को सिजनमा ‘सी’ डिभिजन च्याम्पियन बनेर ‘बी’ डिभिजनमा बढुवा भयो । त्यसपछि चर्च ब्वाइज २०२१–२२ को सिजनमा ‘बी’ डिभिजन च्याम्पियन बन्दै शीर्ष डिभिजनमा उक्लिएको चर्च ब्वाइज शीर्ष डिभिजनमा पहिलो सिजन नै च्याम्पियन बन्न सफल भयो । 

चर्च ब्वाइज छनोट हुँदै  ‘सी’, ‘बी’ र  ‘ए’ च्याम्पियन बन्ने दोस्रो क्लब बनेको छ । 

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलको १६औँ मिनेटमा लाकेन लिम्बुले वान भर्सेस वानको स्थितिमा गोल गर्न चुक्दा थ्री स्टार अग्रत लिनबाट चुक्यो । लगत्तै १७औँ मिनेटमा अन्जन विष्टको क्रसमा आशिष चौधरीको हेडर गोल रक्षक अरुण ब्लोनले बचाए । २१औँ मिनेटमा अशोक खवासको पासमा अजयी मार्टिन्सको वान भर्सेस वानको प्रहार पहिलो बार नजिकैबाट बाहिरिएपछि फेरि थ्री स्टार अग्रता लिनबाट चुक्यो ।

 

३६औँ मिनेटमा अन्जन विष्टको फ्रिकिक गोलरक्षक अरुणले पञ्च गर्दा कप्तान विक्रम लामाले क्लियर गर्दै थ्री स्टारको संकट टारे । लगत्तै ३७औँ मिनेटमा एरिक विष्टको कर्नरमा अनन्त तामाङले गरेको हेडर अरुणले उत्कृष्ट बचाए । दोस्रो हाफमा पनि दुवै टोलीले केही आक्रमण बुनेपनि गोल गर्न नसक्दा खेल बराबरीमा टुंगियो ।

 

यस बराबरीसँगै च्याम्पियन बनेको चर्च ब्वाइजको २५ खेलबाट ४६ अंब पुगेको छ । चर्च ब्वाइजले अन्तिम खेलमा एफसी खुमलटारसँग खेल्दैछ । यो खेलमा अंक गुमाएपनि चर्च ब्जाइजलाई कुनै असर पर्ने छैन । चर्च ब्वाइजसँगको बराबरीले थ्री स्टारलाई भने रेलिगेसनको दवाव कायमै छ । 
 

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्